१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

पूर्वराष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबीच च्यासलमा गहन छलफल



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या २३०
  • काठमाडौं, साउन ४ - करिब एक दशकपछि एमाले केन्द्रीय कार्यालय पुगेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पार्टी अध्यक्ष केपी शर्मा ओलीबीच च्यासलमा भेटवार्ता भएको छ।

    दिउँसो च्यासल पुगेकी भण्डारीको स्वागत एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे र सचिव डा. भीष्म अधिकारीले गरेका थिए। भण्डारी च्यासल पुगिएको करीब आधा घण्टापछि मात्र प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली त्यहाँ पुगेका थिए। ओलीको उपस्थितिसँगै दुई नेताबीच छलफल सुरु भएको हो।

    राष्ट्रपति बनेपछि एमालेको उपाध्यक्ष पदबाट राजीनामा दिएकी भण्डारी दोस्रो कार्यकाल पूरा गरेर २०७९ फागुनमा शीतल निवासबाट बाहिरिएकी थिइन्। पछिल्ला दिनमा एमाले राजनीतिमा पुनः सक्रिय हुने संकेत दिएकी भण्डारीको भूमिकालाई लिएर पार्टीभित्र मतभेद देखिएको थियो।

    उनको पार्टी सदस्यता नवीकरण र भूमिकाबारे विवाद उठेपछि छलफलमार्फत सहमति जुटाउने जिम्मा अध्यक्ष ओलीलाई दिइएको थियो। त्यसअनुसार आजको भेटलाई विशेष राजनीतिक सन्देशका रूपमा हेरिएको छ।

    पार्टीको ७० वर्षे उमेर सीमा र दुई कार्यकालको सिमाङ्कन हटाएर भण्डारीलाई पुनः सक्रिय राजनीतिमा ल्याउने प्रयास भइरहेको बताइए पनि, त्यसबारे पार्टीभित्र एकमत छैन। भण्डारी पक्ष भने यो सीमालाई अप्ठ्यारोका रूपमा देखाउँदै आएको छ।