काठमाडौं, साउन ६ - नेकपा एमालेका केन्द्रीय सदस्य केदार न्यौपानेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीमा सक्रिय हुँदा एमाले अझ बलियो हुने बताएका छन्।
पार्टीको केन्द्रीय कार्यालयमा मंगलबार जारी केन्द्रीय समिति बैठकमा बोल्दै न्यौपानेले भण्डारीको पार्टी सदस्यता विवादको विषय बन्नु नहुने स्पष्ट पारे।
उनका अनुसार, “विद्या भण्डारीको सक्रियता पार्टीको लागि ऊर्जा हो। उहाँ पार्टीमा फर्किनुहुन्छ भने यो पार्टी अझ बलियो बन्छ। उहाँलाई पार्टीले नै राष्ट्रपति बनाएको हो, त्यसैले उहाँको सदस्यता नवीकरणलाई विवादको विषय नबनाइयोस्।”
न्यौपानेले पूर्वराष्ट्रपति भण्डारीले पार्टी सदस्यता त्यागेको भनाइलाई प्राविधिक विषय मात्रै भएको बताए।
केन्द्रीय समिति बैठकमा अधिकांश नेताहरूले भण्डारीको राजनीतिक सक्रियता र पार्टीमा पुनः भूमिकाबारे धारणा राखेका छन्। पार्टीभित्र भण्डारीको स्वागत गर्नुपर्ने आवाजसमेत उठ्न थालेको छ।
प्रतिक्रिया दिनुहोस