२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाबीच एकता प्रक्रियाको थालनी



  • अञ्जना ढकाल
  • २ महिना अघि
  • पाठक संख्या १३०
  • काठमाडौं, साउन १९ - नेपालको वाम राजनीतिमा फेरि एक पटक ठूलो फेरबदलको संकेत देखिएको छ। नेकपा माओवादी केन्द्रले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग पार्टी एकता प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।

    साउन १९ गते माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बसेको थियो। बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले उक्त निर्णयको जानकारी दिए।

    उनका अनुसार दुवै पक्षबीच संवाद प्रक्रिया सुरु गर्न वार्ता टोली गठन गर्ने सहमति भइसकेको छ। सापकोटाले भने, "विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने सहमति जुटिसकेको छ। अब वार्ता टोली बनाएर एकता प्रक्रिया औपचारिक रुपमा अघि बढाइनेछ।"

    विगतमा छुट्टाछुट्टै मोडबाट राजनीतिक यात्रा तय गरेका यी दुई समूह अब एउटै संगठनमा गाभिन लागेका छन्। यसले नेपालको कम्युनिष्ट आन्दोलनमा नयाँ मोड ल्याउने अपेक्षा गरिएको छ।

    राजनीतिक विश्लेषकहरूका अनुसार यो एकता वाम एकताको दिशामा अगाडि बढ्ने संकेत हुन सक्छ, जुन आगामी चुनावी समीकरणमा प्रभावकारी सावित हुनसक्नेछ।