१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

माओवादी र विप्लव नेतृत्वबीच एकता वार्ता अघि बढ्ने, वार्ता समिति गठनको तयारी



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या २५९
  • काठमाडौं, साउन २३ – नेकपा माओवादी केन्द्रले नेकपा (विप्लव समूह) सँग पार्टी एकताको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। यसका लागि पार्टीले छिट्टै वार्ता समिति गठन गर्ने तयारी गरेको स्रोतले जनाएको छ।

    हालै सम्पन्न माओवादी केन्द्रको स्थायी कमिटी बैठकले विप्लव समूहसँग औपचारिक वार्ता गर्न सर्वसम्मत निर्णय लिएको हो। सो निर्णयअनुसार अब वार्ता समिति बनाइ एकता प्रक्रियालाई संस्थागत रुपमा अघि बढाइने माओवादी नेताहरूको भनाइ छ।

    पार्टी केन्द्रीय कार्यालयले शुक्रबार नै मातहतका कमिटीहरूलाई पठाएको सर्कुलरमा समाजवादी मोर्चामा आवद्ध दलहरू तथा विचार मिल्ने अन्य पार्टीहरूसँग समेत सहकार्य गर्दै पार्टी एकताको सम्भावना खोज्ने उल्लेख छ।

    यसैबीच, विप्लव नेतृत्वको नेकपाले पनि आगामी भदौमा बस्ने केन्द्रीय समिति बैठकबाट पार्टी एकता सम्बन्धी निर्णय लिने तयारी गरेको जनाइएको छ।

    राजनीतिक एकताको यो सम्भावित पहलले नेपालका वामपन्थी शक्तिहरूबीच नयाँ समिकरणको संकेत दिएको विश्लेषकहरूले बताइरहेका छन्।