१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

ओलीले भने– ‘मदन भण्डारी फाउन्डेसन पार्टीको होइन, व्यक्तिगत स्वार्थमा प्रयोग गरिएको छ’



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या १८३
  • काठमाडौँ, साउन २६ — प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसन पार्टीको संस्थाले नबनाएको स्पष्ट पारेका छन्।

    सोमबार च्यासलमा आयोजित मदन आश्रित स्मृति प्रतिष्ठानको कार्यक्रममा ओलीले नेताका नाममा बनेका संस्थाहरू प्रायः व्यक्तिगत स्वार्थमा सञ्चालन हुने गरेको बताए।

    ओलीले भने, “पार्टीले पुष्पलाल र मनमोहन जस्ता प्रतिष्ठानहरू स्थापना गरेको थियो, तर अहिले कतिपय संस्थाहरू व्यक्तिगत हातमा गएर कब्जामा पर्ने स्थिति छ। पार्टीका संस्था सामूहिक र पारदर्शी हुनुपर्ने हो।”

    उनले मदन भण्डारी फाउन्डेसन आफैंले गठन गरेको संस्था नभएको उल्लेख गर्दै, “मदन आश्रित स्मृतिका लागि काम गर्न नपाइने अवस्था सिर्जना भएको छ। जन्मदिनमा विकृतिपूर्ण समाचारहरू नेतृत्वद्वारा लेखिने र प्रकाशित हुने भएपछि यो संस्था जन्मिएको हो।”

    ओलीले फाउन्डेसनको भविष्यबारे अनिश्चितता व्यक्त गर्दै भने, “चक्रपथ अनलाइनमा प्रस्तुत हुने कुरा हेर्दा यसको दिशामा अन्योल छ। फाउन्डेसन आन्दोलनको नाममा काम गर्नुपर्छ, ठगी गर्ने माध्यम होइन।”

    मदन भण्डारी फाउन्डेसनको संरक्षक पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र अध्यक्ष उनकी छोरी उषाकिरण भण्डारी रहेको बताइएको छ। ओलीले संस्थाको प्रयोग व्यक्तिगत वा पारिवारिक स्वार्थमा नहोस् भनी ध्यान दिनुपर्ने धारणा राखेका छन्।