१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

दुर्गा प्रसाईंले नयाँ राजनीतिक दल गठन गर्ने घोषणा



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या १७५
  • काठमाडौं, भदौ २ - मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सक्रिय राजनीतिमा होमिने घोषणा गरेका छन्। सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत् उनले नयाँ राजनीतिक दल गठनको तयारी गरिरहेको जानकारी दिएका हुन्।

    केही समयअघि मात्र डिल्लीबजार कारागारबाट रिहा भएका प्रसाईंले विगतमा आफूले चलाएको अभियानलाई राज्यले बारम्बार अवरोध गरेपछि अब औपचारिक राजनीतिक यात्रामा लाग्ने निर्णय गरेको बताए।

    ‘अब मेरो लागि व्यक्तिगत कुरा भन्दा पनि मुलुकको भलो महत्वपूर्ण भएको छ,’ उनले भने, ‘राजनीतिले देश बिगारेको छ, त्यसलाई सुधार गर्न अब राजनीतिमै लाग्नुपर्ने बाध्यता आइसकेको छ।’

    उनका अनुसार नयाँ दलको नाम चाँडै सार्वजनिक गरिनेछ। उनले भने, ‘हाम्रो अभियानमा लागेका साथीहरूसँग सल्लाह गरेर राजनीतिक दल खोल्ने निर्णयमा पुगेका छौं।’

    दुर्गा प्रसाईं लामो समयदेखि विभिन्न सामाजिक तथा राजनीतिक विषयमा बोल्दै रहँदै आएका छन्। अब भने उनले आफ्नो सक्रियता औपचारिक राजनीतिक संरचनामार्फत् अघि बढाउने तयारी गरेका छन्।