१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

नुवाकोटमा बाँदरको आक्रमणबाट किसानको मृत्यु



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या ५१८
  • नुवाकोट, भदौ ४ - नुवाकोटमा बाँदरको आक्रमणबाट एक किसानको ज्यान गएको छ। पञ्चकन्या गाउँपालिका–२, कविलास कोटथोकका ५८ वर्षीय गोकर्ण नेपालीलाई बुधबार बिहान बाँदरको फौजले आक्रमण गर्दा मृत्यु भएको हो।

    स्थानीयका अनुसार घरबारीमा मकै खान पसेका बाँदरलाई धपाउने क्रममा सयौंको संख्यामा रहेका बाँदरले एक्कासी आक्रमण गरेका थिए। तीव्र आक्रमणपछि नेपाली बेहोस भएका थिए।

    घाइते अवस्थामै स्थानीयवासीले उनलाई उद्धार गरी उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमै मृत्यु भएको वडाध्यक्ष रामशरण श्रेष्ठले जानकारी दिए।

    यस घटनापछि गाउँमा त्रास फैलिएको छ। स्थानीयवासीले बाँदरको समस्या दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायसँग ध्यान दिन आग्रह गरेका छन्।