१२ फागुन २०८२ मंगलबार | 24 Feb 2026 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

गाजाको नासेर अस्पतालमा क्षेप्यास्त्र प्रहार, पत्रकारसहित १५ जनाको मृत्यु



  • एजेन्सीको सहयोगमा
  • ६ महिना अघि
  • पाठक संख्या १९३
  • गाजा, भदौ ९ – सोमबार दक्षिणी गाजास्थित नासेर अस्पतालमा भएको इजरायली क्षेप्यास्त्र आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ। मृतकमध्ये अल जजिरा र रोयटर्समा कार्यरत तीन पत्रकारसमेत रहेको गाजाको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ।

    मन्त्रालयका अनुसार अस्पतालको चौथो तलामा आक्रमण भएको थियो। ‘डबल ट्याप’ शैलीमा गरिएको यो आक्रमणमा लगातार दुईवटा मिसाइल प्रहार गरिएको बताइएको छ, जसले उद्धार कार्यलाई निकै जोखिमपूर्ण बनाएको थियो।

    यस घटनाबारे इजरायली सेनाले तत्काल कुनै प्रतिक्रिया दिएको छैन। तर विगतमा उसले अस्पतालहरूमा आक्रमणलाई औचित्यपूर्ण ठहर्‍याउँदै आएको छ। इजरायलको दाबी अनुसार, हमासका लडाकुहरूले त्यस्ता भवनहरूलाई ‘कमान्ड र कन्ट्रोल सेन्टर’का रूपमा प्रयोग गर्ने गरेका छन्।

    कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स (CPJ) का तथ्याङ्कअनुसार इजरायल–हमास युद्ध सुरु भएपछि हालसम्म करिब १९२ पत्रकारको ज्यान गइसकेको छ। केही रिपोर्टहरूले यो संख्या २०० भन्दा माथि पुगेको उल्लेख गरेका छन्। तुलनात्मक रूपमा रुस–युक्रेन युद्धमा १८ पत्रकारको मात्रै मृत्यु भएको छ।

    गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म यस युद्धमा ६२ हजारभन्दा बढी फिलिस्तीनी मारिएका छन्। मृतकमध्ये ठूलो संख्यामा महिला र बालबालिका रहेका छन्।