महोत्तरी, असोज १ – जलेश्वर कारागारबाट भदौ २५ गते फरार भएका कैदीबन्दीहरूले कारागारमै जडान गरिएका सिसिटिभी क्यामेरा समेत चोरी गरेको खुलेको छ।
कारागार प्रशासक अशोककुमार क्षेत्रीका अनुसार, भाग्ने क्रममा कैदीहरूले तीनवटा गेट तोडेर बाहिर निस्किँदा सात थान सिसिटिभी क्यामेरा समेत लगेका थिए।
फरार भएकामध्ये १७३ जना कैदीबन्दी स्वेच्छाले फर्किइसकेका छन् भने बाँकी कैदीहरू पनि सम्पर्कमा रहेको कारागार प्रशासनले जनाएको छ।
तर, सोही दिन कारागारबाट भागेका लोकतान्त्रिक समाजवादी पार्टीका नेता तथा पूर्व प्रदेशसभा सदस्य कौशलकुमार यादव भने अझै सम्पर्कमा आएका छैनन्। थमन विक हत्या प्रकरणमा संलग्न आरोपमा उनी जेल जीवन बिताइरहेका थिए।
प्रतिक्रिया दिनुहोस