इलाम, असोज २१ - अविरल वर्षापछि आएको बाढीपहिरोले इलाममा ज्यान गुमाउनेको संख्या ३९ पुगेको छ।
सन्दकपुर–५ इङलाका २४ वर्षीय प्रवेश गुरुङको शव फेला परेसँगै मृतकको संख्या बढेको हो। प्रवेशलाई इङ्ला खोलाले बगाएपछि उनी बेपत्ता भएका थिए। वडा सदस्य कुमार गुरुङका अनुसार उनको स्वीटर र हाइनेक मात्र भेटिएको थियो भने आज करिब ४०० मिटर तल उनको शव फेला परेको हो।
प्रवेशको मृत्यु पुष्टि भएपछि इलाममा मृतकको संख्या ३९ पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यस घटनामा अझै एक जना बेपत्ता रहेका छन्। इलाम नगरपालिका–६ का महेन्द्र लिम्बु पहिरोले घरसहित बगाएको र उनी अझै बेपत्ता रहेको अधिकारीहरूले बताएका छन्।
स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीको टोलीले उद्धार र खोजी कार्यलाई निरन्तरता दिएको छ। लगातारको वर्षाले उद्धार कार्यमा कठिनाइ भए पनि खोजी कार्य रोकिएको छैन।
प्रतिक्रिया दिनुहोस