१३ पुष २०८२ आईतबार | 28 Dec 2025 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

देउवा दम्पतीको विदेश यात्रा : हिँड्दै प्रस्थान, ह्विलचियरमा अवतरण



  • अञ्जना ढकाल
  • २ महिना अघि
  • पाठक संख्या १४२
  • काठमाडौँ, कार्तिक ११ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सोमबार राति सिंगापुर पुगेका छन्। पत्नी डा. आरजु राणासँगै सिंगापुर पुगेका देउवा हाल ह्विलचियरमा देखिएका छन्।

    देउवा जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको हतियार प्रहारबाट घाइते भएका थिए। उनको टाउकोमा चोट लागेपछि चिकित्सकले १२ टाँका लगाएका थिए। लामो समयदेखि छाउनीस्थित सैनिक अस्पतालमा उपचाररत देउवाको स्वास्थ्यमा सुधार नआएपछि चिकित्सकको सल्लाहअनुसार उनी सिंगापुर गएका हुन्।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सिंगापुर एयरलाइन्सको उडानमार्फत गएराति प्रस्थान गरेका देउवा विमानस्थलमा हिँड्दै प्रवेश गरेका थिए। तर, सिंगापुरको चांगी विमानस्थलमा उनी र पत्नी दुवै ह्विलचियरमा देखिएका दृश्य सामाजिक सञ्जालमा भाइरल बनेका छन्। उक्त तस्बिर पत्रकार सुवास कार्कीले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेका हुन्।

    यसैबीच, नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै देउवा थप स्वास्थ्योपचारका लागि सिंगापुर गएको जानकारी दिएका छन्। कांग्रेसले सभापति देउवाको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ।