काठमाडौं, पुस ११ - सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्।
भक्तपुरको गुण्डुस्थित ओली निवासमा भएको भेटमा समसामयिक राजनीतिक परिस्थिति र आगामी निर्वाचनका विषयमा छलफल भएको छ।
सञ्चारमन्त्रीको सचिवालयका अनुसार फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनलाई केन्द्रमा राख्दै मुलुकको वर्तमान राजनीतिक अवस्थाबारे विचार–विमर्श गरिएको हो।
भेटका क्रममा मन्त्री खरेलले शनिबार हुने तीन दलका शीर्ष नेता तथा प्रधानमन्त्रीबीचको वार्तामा सहभागी हुन ओलीलाई औपचारिक निम्तो पनि दिएका छन्।
यसअघि शुक्रबार नै मन्त्री खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए। ओलीसँगको भेटपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेट गर्ने कार्यक्रम रहेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस