१३ पुष २०८२ आईतबार | 28 Dec 2025 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रवि–बालेन वार्ता सकारात्मक, आजै टुंगो लाग्ने सम्भावना



  • अञ्जना ढकाल
  • २ दिन अघि
  • पाठक संख्या ५५
  • काठमाडौं, पुस ११ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच जारी राजनीतिक छलफल आज शुक्रबार रातिसम्म निष्कर्षमा पुग्ने संकेत देखिएको छ। पार्टी एकता वा चुनावी सहकार्यबारे अन्तिम सहमति नजिक पुगेको निकट स्रोतले जनाएको छ।

    दुई नेताबीच वार्ता गराउन सक्रिय असीम शाह, आसिफ शाह र कुमार बेनले विस्तृत सहमतिको खाका तयार पार्ने तयारी थालेका छन्। सहमति भएलगत्तै एकता वा सहकार्यको औपचारिक घोषणा हुन सक्ने बताइएको छ।

    निकटस्थहरूका अनुसार एकीकृत संरचनामा बालेनको वरीयता रविपछिको रहनेछ भने बालेनलाई पहिलो चरणमै प्रधानमन्त्री बनाउने पुरानो प्रतिबद्धतामा रवि कायम छन्। यस बुँदामा दुवै पक्षबीच आधारभूत समझदारी बनेको बताइएको छ।

    पछिल्लो भेटमा पार्टीको नाम, चुनाव चिह्न र उम्मेदवार अनुपातबारे छलफल भएको थियो। रास्वपाले ७०–३० को समानुपातिक सूची प्रस्ताव गरेको छ भने वार्ता सकारात्मक दिशातर्फ अघि बढिरहेको र छिट्टै सार्वजनिक सन्देश आउने नेताहरूले बताएका छन्।