१३ पुष २०८२ आईतबार | 28 Dec 2025 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

काठमाडौँ महानगरको ६ महिनाको बजेट खर्च केवल १८.४९ प्रतिशत



  • अञ्जना ढकाल
  • २ दिन अघि
  • पाठक संख्या ४८
  • काठमाडौं, पुस ११ – काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्ष २०८२/०८३ को पुस ९ गतेसम्मको खर्च विवरण सार्वजनिक गरेको छ। महानगरको १८औँ अधिवेशनमा उपप्रमुख सुनिता डंगोलले प्रस्तुत गरेको प्रतिवेदनअनुसार, हालसम्म कुल बजेटको मात्र १८.४९ प्रतिशत खर्च भएको छ।

    प्रतिवेदनअनुसार, यस वर्षको कुल बजेट २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँमध्ये हालसम्म ४ अर्ब ६४ करोड ३४ लाख ७१ हजार रुपैयाँ मात्रै खर्च भएको छ।

    खर्चको विवरण हेर्दा चालू खर्चमा २४.४४ प्रतिशत र पुँजीगत विकास खर्चमा १२.३९ प्रतिशत मात्र खर्च भएको देखिन्छ। सबैभन्दा बढी रकम प्रशासनिक क्षेत्रमै ४५.९९ प्रतिशत खर्च भएको छ।

    विशेषज्ञहरूले यस अवस्थामा बजेटको ढिलाइले विभिन्न विकास कार्यक्रम र सेवामा असर पर्ने बताइरहेका छन्। महानगरपालिकाले आगामी महिनाहरूमा खर्च दर बढाउने योजना बनाएको जानकारी दिइएको छ।