१३ पुष २०८२ आईतबार | 28 Dec 2025 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

बालेन झापा–५ बाट चुनाव लड्ने चर्चाले एमालेमा हलचल



  • अञ्जना ढकाल
  • ३ दिन अघि
  • पाठक संख्या ५३
  • विराटनगर, पुस १० - काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चुनाव लड्न सक्ने चर्चा चलेसँगै झापा–५ मा राजनीतिक चहलपहल बढेको छ। सामाजिक सञ्जालमा फैलिएको उक्त हल्लाले स्थानीय राजनीति तातेको हो।

    यस विषयमा बालेन शाहले औपचारिक प्रतिक्रिया दिएका छैनन्। तर नेकपा एमालेका केन्द्रीय सदस्य चिन्तन पाठकले बालेन झापा–५ बाट उम्मेदवार बने जमानत जफत हुने दाबी गरेका छन्।

    बिर्तामोडमा आयोजित एमालेको विरोध सभामा बोल्दै पाठकले ओलीसँग प्रतिस्पर्धा गर्नु बालेनका लागि ‘दुस्साहस’ हुने बताए। उनले झापाली जनताले बालेनलाई पराजित गरेर जवाफ दिने चेतावनीसमेत दिए।

    पाठकले राष्ट्रियता, विकास र ठूला पूर्वाधार निर्माणमा ओलीको योगदान उल्लेख गर्दै उनको विकल्प नदेखिने दाबी गरे। झापा–५ ओलीको गृह निर्वाचन क्षेत्रसमेत हो।

    यसैबीच अन्य दलहरूले पनि उम्मेदवार सिफारिस प्रक्रिया अघि बढाएका छन्। बालेन उम्मेदवार बन्ने विषय अझै अनुमानमै रहे पनि यसले झापा–५ को राजनीतिक माहोल तताएको छ।