१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

हरिसिद्धीमा विप्लव–जनार्दन–घनश्यामको निर्णायक भेटवार्ता



  • अञ्जना ढकाल
  • १० महिना अघि
  • पाठक संख्या २६५
  • काठमाडौं, कात्तिक २१- नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ र वैकल्पिक राजनीतिक धार निर्माणमा सक्रिय जनार्दन शर्मा तथा घनश्याम भुसालबीच शुक्रबार बिहान हरिसिद्धीमा विशेष वैठक बसेको छ।

    बिहानै शर्मा र भुसाल विप्लवको निवास पुगेपछि सुरु भएको छलफलमा हालको राष्ट्रिय राजनीतिक परिस्थिति, समसामयिक चुनौती तथा दीर्घकालीन सहकार्यका सम्भावनामाथि कुराकानी केन्द्रित भएको स्रोतले जानकारी दिएको छ।

    तीन नेताबीचको भेटलाई नयाँ राजनीतिक संयोजनको सम्भावित संकेतका रूपमा पनि विश्लेषण गरिएको छ। बदलिँदो राजनीतिक परिस्थितिमा साझा कार्यदिशा खोज्ने प्रयासको रुपमा यो बैठकलाई महत्त्वपूर्ण मानिएको छ।