१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त



  • अञ्जना ढकाल
  • १० महिना अघि
  • पाठक संख्या ३५६
  • काठमाडौं, कार्तिक २४ - मधेश प्रदेशमा चर्किएको राजनीतिक विवादका बीच प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई संघीय सरकारले पदबाट हटाएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हालको घटनाक्रम र उनीद्वारा गरिएको निर्णयहरू संवैधानिक प्रक्रियासँग मेल नखाने देखिँदा पदमुक्त गर्ने निर्णय गरेको हो।

    आइतबार नेपाली कांग्रेससहित सात दलले संविधानको धारा १६८(२) अनुसार सरकार गठनको प्रक्रिया अघि बढाउन प्रदेश प्रमुखलाई आग्रह गरेका थिए। तर अस्वस्थता देखाउँदै जनकपुरबाट काठमाडौं जाँदैछु भनेर निस्किएकी भण्डारीले जनकपुरकै होटल पानसमा संविधानको धारा १६८(३) अनुसार एमाले नेता सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेको पत्र जारी गरेकी थिइन्। सोही स्थानमा उनले यादवलाई शपथसमेत गराएकी थिइन्।

    घटना बाहिरिएपछि प्रदेश प्रमुखको भूमिका र व्यवहारप्रति तीव्र आलोचना भयो। निवर्तमान मुख्यमन्त्री तथा लोसपा नेता जितेन्द्र सोनलले भण्डारीले प्रदेशको सम्मान गुमाउने खेल खेलेको आरोप लगाए। यस्तै, विभिन्न दलका कार्यकर्ता र सांसदले प्रदेश प्रमुखको आवास तथा मुख्यमन्त्री कार्यालय परिसरमा तोडफोडसमेत गरेका थिए।

    यी सबै घटनाको मूल्यांकनपछि मन्त्रिपरिषद्ले भण्डारीलाई तत्काल प्रभावबाट पदमुक्त गरेको हो।