२७ साउन २०८३ बुधबार | 12 Aug 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

विराटनगरमा सरकारी निकायमा क्षति पुर्‍याएको आरोपमा ६ गिरफ्तार



  • अञ्जना ढकाल
  • ८ महिना अघि
  • पाठक संख्या १६०
  • काठमाडौं, मंसिर १५ — मोरङमा जारी जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी घटनामा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ। जिल्लास्थित प्रशासन कार्यालय र सरकारी वकिल कार्यालयमा क्षति पुर्‍याइएको घटनापछि पक्राउ प्रक्रिया अघि बढाइएको हो।

    जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा विराटनगर–३ निवासी ४१ वर्षीय महेश नेपाल, विराटनगर–५ का २६ वर्षीय आवाज पौडेल, विराटनगर–१० का ३२ वर्षीय राजिव यादव, सोही स्थानका ३७ वर्षीय ताजिम अन्सारी, विराटनगर–११ का २९ वर्षीय अरुण साह र विराटनगर–६ का ५५ वर्षीय बलराम कामत रहेका छन्।

    प्रहरीले उनीहरूलाई सिंहद्वारस्थित प्रशासनिक निकायमा गरेको तोडफोड र आगजनीमा संलग्न रहेको ठहर गर्दै नियन्त्रणमा लिएको जनाएको छ। घटनापछि प्रहरी टोलीले विभिन्न स्थानबाट खोजतलास गर्दै पक्राउ गरेको हो।

    मोरङ प्रहरीले पक्राउ परेकाहरूमाथि आपराधिक उपद्रवसम्बन्धी कसुरमा अनुसन्धान प्रक्रिया सुरु गरेको बताएको छ। अनुसन्धानको क्रममा थप व्यक्तिहरूको संलग्नता रहने सम्भावना रहेको र आवश्यक अनुसन्धानपछि कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।