१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

काठमाडौँमा उज्यालो नेपाल पार्टीको घोषणा, घोषणापत्र २०८२ सार्वजनिक हुँदै



  • अञ्जना ढकाल
  • ९ महिना अघि
  • पाठक संख्या १६४
  • काठमाडौँ, मंसिर१७ — ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको नयाँ राजनीतिक समूह ‘उज्यालो नेपाल पार्टी’ आज औपचारिक रूपमा सार्वजनिक हुँदैछ। पार्टीले राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा विशेष कार्यक्रम आयोजना गर्दै आफ्नो राजनीतिक यात्राको सुरुवात गर्न लागेको हो।

    कार्यक्रम दिउँसो १ बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछन्। समारोहका प्रमुख अतिथिको रूपमा मन्त्री घिसिङ स्वयं सहभागी हुनेछ, जसलाई पार्टीले आफ्नो दीर्घकालीन योजना र दृष्टिको मार्गदर्शक व्यक्तित्वका रूपमा प्रस्तुत गरेको छ।

    उज्यालो नेपाल पार्टीले आफ्नो घोषणापत्र २०८२ समेत सार्वजनिक गर्ने तयारी गरेको छ, जहाँ ऊर्जा क्षेत्रको सुधारदेखि आर्थिक विकास, रोजगारी र सुशासनसम्बन्धी योजनाहरू समेटिने उल्लेख गरिएको छ। पार्टी स्रोतका अनुसार, व्यावहारिक समाधान र नयाँ पुस्तालाई अग्रभूमिमा ल्याउने नीति घोषणापत्रको केन्द्रमा रहनेछ।

    यसअघि मङ्सिर १२ गते जारी विज्ञप्तिमा पार्टीले नेपाली राजनीतिमा केवल भीड थप्ने दल नभई परिणाम देखाउन सक्ने कार्यकुशल नेतृत्वको विकल्प प्रस्तुत गर्ने दाबी गरेको थियो। विज्ञप्तिमा ‘उज्ज्वल भविष्य निर्माण गर्ने नेतृत्व’ भन्ने शब्द प्रयोग गर्दै आफ्नो भिजन स्पष्ट पारेको थियो।

    घोषणा सभामा विभिन्न क्षेत्रका विज्ञ, व्यावसायिक समूहका प्रतिनिधि र सामाजिक क्षेत्रका युवा सक्रियरूपमा सहभागी हुने बताइएको छ।