१५ चैत २०८२ आईतबार | 29 Mar 2026 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

जेनजी आन्दोलनपछि ओली पहिलोपटक झापा पुगे



  • अञ्जना ढकाल
  • २ महिना अघि
  • पाठक संख्या ११४
  • झापा, माघ ५ - नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली जेनजी आन्दोलनपछि स्थानहद फुकुवा भएपछि पहिलोपटक गृहजिल्ला झापा पुगेका छन्।

    करिब चार महिनापछि झापा आएका ओलीलाई भद्रपुर विमानस्थलमा पार्टीका नेता–कार्यकर्ताले स्वागत गरेका थिए। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गर्न एक दिनअघि नै उनी झापा आएका हुन्। विमानस्थलबाट ओली पाँचवटै निर्वाचन क्षेत्रको चुनावी अवस्था बुझ्दै गृहनगर दमकतर्फ जाने कार्यक्रम रहेको छ।

    यसपटक झापा क्षेत्र नम्बर ५ राष्ट्रिय राजनीतिमा चासोको केन्द्र बनेको छ। उक्त क्षेत्रमा एमाले अध्यक्ष ओलीसँगै रास्वपाबाट बालेन्द्र (बालेन) शाह र नेकपाबाट युवा नेता रञ्जित तामाङ उम्मेदवार बन्ने तयारीमा छन्।

    जेनजी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री रहेका ओलीमाथि उच्चस्तरीय जाँचबुझ आयोगले स्थानहद लगाएको थियो। गत पुस २१ गते उक्त स्थानहद फुकुवा भएसँगै ओलीको जिल्ला आगमन सम्भव भएको हो।