१५ चैत २०८२ आईतबार | 29 Mar 2026 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सुहाङ नेम्वाङ संसदीय दलको नेतामा अघि बढ्न तयार



  • अञ्जना ढकाल
  • २ दिन अघि
  • पाठक संख्या ६९
  • काठमाडौं, चैत १२ - नेकपा एमालेका युवा सांसद सुहाङ नेम्वाङ संसदीय दलको नेता बन्न आफू तयार रहेको स्पष्ट पारेका छन्।

    सांसद पदको शपथ ग्रहण गर्न सिंहदरबार पुगेका नेम्वाङले पार्टीभित्र संसदीय दलको नेताबारे अझै छलफल नहुने जानकारी दिएक हुन्। उनले भने, “हाम्रो अग्रज अभिभावक हाल शोकमा हुनुहुन्छ। त्यस कारणले पार्टीभित्र यसबारे औपचारिक छलफल भइसकेको छैन।”

    नेम्वाङले सामाजिक सञ्जालमा उठेका चर्चालाई शुभेच्छा ठानेर स्वीकार गर्दै भने, “पार्टीले मलाई अगाडि बढाए भने मैले खुट्टा कमाउँदिनँ।”

    उनले संसदीय दलको नेताबारे पार्टीले निर्णय गरेपछि आफू अग्रसर हुने स्पष्ट पारे