१५ चैत २०८२ आईतबार | 29 Mar 2026 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

किराती चिन्हसहित बालेनको विशेष उपस्थिति, सांस्कृतिक प्रतीक बोकेर शपथमा पुगे



  • अञ्जना ढकाल
  • ३ दिन अघि
  • पाठक संख्या ५५
  • काठमाडौं, चैत १२ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) शपथ ग्रहण समारोहमा परम्परागत किराती चिन्ह ‘सिलाम साक्मा’ लगाएर सहभागी भएका छन् । उनले सांस्कृतिक पहिचान झल्काउने उक्त चिन्हसहित समारोहमा उपस्थिति जनाएका हुन् ।

    किराती समुदायमा ‘सिलाम साक्मा’ लाई शुभताको प्रतीकका रूपमा लिने गरिन्छ । यसले नकारात्मक शक्ति, अपशकुन तथा अशुभ प्रभावलाई टार्ने विश्वास रहँदै आएको छ ।

    बालेनको यस प्रस्तुति सांस्कृतिक पहिचानप्रति सम्मान र मौलिक परम्पराको संरक्षणतर्फ संकेतका रूपमा पनि हेरिएको छ ।