१५ चैत २०८२ आईतबार | 29 Mar 2026 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

बालेन शाह बने नेपालका कान्छा जननिर्वाचित प्रधानमन्त्री



  • अञ्जना ढकाल
  • २ दिन अघि
  • पाठक संख्या ४२
  • काठमाडौँ, चैत १३ - ३६ वर्षका बालेन्द्र (बालेन) शाहले नेपालका कान्छा जननिर्वाचित प्रधानमन्त्री बन्ने गौरव हासिल गरेका छन्। उनी झापा–५ बाट निर्वाचित भई पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लाई फराकिलो मतान्तरले पराजित गरे।

    बालेनले काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिई राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए। पार्टीले उनलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेर चुनाव प्रचार गरेको थियो। राम नवमीको शुभ साइतमा १२:३४ बजे शपथ ग्रहण गरिएको थियो।

    शपथ समारोहमा १०८ जना बटुकले स्वस्ति वाचन, १६ जना बौद्ध भिक्षुले अष्ठमङ्गल पाठ र ७ वटा शङ्खबाट शङ्खनाद गरिएको थियो। यो समारोहमा देशको राजनीतिक इतिहासमा नयाँ अध्याय थपिएको विश्लेषण गरिएको छ।

    बालेनका पिता डा. रामनारायण शाह र आमा ध्रुवदेवी शाह हुन्। उनी सिभिल इन्जिनियरिङमा स्नातक र स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर छन्। २०७२ सालको महाभूकम्पपछि उद्धार र राहतमा सक्रिय भइ समाजसेवीको रूपमा समेत चिनिएका छन्।

    २०७९ सालको स्थानीय निर्वाचनमा उनले काठमाडौं महानगरपालिकामा मेयर पदमा विजयी भएर आफ्नो राजनीतिक प्रभाव देखाइसकेका थिए। बालेनको नेतृत्वमा नेपालले मधेसी मूलबाट पहिलो प्रधानमन्त्री पाएको इतिहास र ५२ वर्षपछि ४० वर्ष मुनिका प्रधानमन्त्री पाएको अवसर पाएको छ।