१५ चैत २०८२ आईतबार | 29 Mar 2026 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

बालेन क्याबिनेटमा अन्तिम घडीमा फेरबदल, अमरेश बाहिर



  • अञ्जना ढकाल
  • २ दिन अघि
  • पाठक संख्या ५६
  • काठमाडौं, चैत १३ - बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् गठन प्रक्रियामा परिवर्तन गरिएको छ। प्रारम्भिक सूचीमा समावेश गरिएका अमरेश कुमार सिंह लाई अन्तिम क्याबिनेटबाट बाहिर राखिएको छ।

    सुरुमा उनलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिने चर्चा भए पनि अन्ततः उक्त मन्त्रालय प्रधानमन्त्री शाहले आफैंसँग राखेका छन्। यससँगै रक्षा मन्त्रालयसमेत उनले आफ्नै जिम्मेवारीमा राखेका छन्।

    अमरेश कुमार सिंह प्रतिनिधिसभा सदस्य हुन्। उनले गगन कुमार थापा लाई सर्लाही–४ बाट पराजित गर्दै निर्वाचन जितेका थिए।

    सरकार गठनको क्रममा अन्तिम क्षणमा गरिएको यो निर्णयले राजनीतिक वृत्तमा चासो बढाएको छ।