२७ साउन २०८३ बुधबार | 12 Aug 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

झापा–५ बाट बालेन साहको उम्मेदवारी दर्ता



  • अञ्जना ढकाल
  • ७ महिना अघि
  • पाठक संख्या १९०
  • झापा, माघ ६ - काठमाडौँ महानगरपालिकाका पूर्वमेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले झापा–५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। उनी मंगलबार सयौँ समर्थकसहित झापा स्थित निर्वाचन कार्यालय पुगेर मनोनयन दर्ता गरेका हुन्।

    बालेनको प्रस्तावकमा भेषराज भट्टराई र समर्थकमा भूमिनन्द बराल रहेका छन्। उम्मेदवारी दर्ताका क्रममा समर्थकहरूले नाराबाजी गर्दै उत्साहजनक उपस्थिति जनाएका थिए।

    झापा–५ मा यसअघि नै पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट रञ्जित तामाङ उम्मेदवार हुने तयारीमा छन्। यससँगै झापा–५ को चुनावी प्रतिस्पर्धा निकै चासोपूर्ण बन्ने देखिएको छ।

    रास्वपाले बालेनलाई भावी नेतृत्वको प्रतीकका रूपमा अघि सारेको छ भने एमालेले ओलीलाई मुख्य प्रतिस्पर्धीका रूपमा मैदानमा उतारेको छ। प्रमुख नेताहरूको प्रतिस्पर्धाले झापा–५ को चुनावी माहोल थप तातिने संकेत देखिएको छ।