१५ चैत २०८२ आईतबार | 29 Mar 2026 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

पूर्वसभामुख र पूर्वउपसभामुखबीच झापा–२ मा प्रत्यक्ष प्रतिस्पर्धा, कसले मार्ला बाजी?



  • अञ्जना ढकाल
  • २ महिना अघि
  • पाठक संख्या १५१
  • झापा, माघ ६ - प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर २ बाट पूर्वसभामुख देवराज घिमिरेले उम्मेदवारी दर्ता गराएका छन्।

    उनले अर्जुनधारा नगरपालिकास्थित निर्वाचन कार्यालय पुगेर नेकपा एमालेका तर्फबाट मनोनयन दर्ता गराएका हुन्। निर्वाचन अधिकृत महेश खत्रीका अनुसार घिमिरेका प्रस्तावक चिन्तन पाठक र समर्थक एकराज कार्की रहेका छन्।

    त्यस्तै, सोही निर्वाचन क्षेत्रबाट पूर्वउपसभामुख इन्दिरा राना मगरले पनि उम्मेदवारी दर्ता गराएकी छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्ने गरी मनोनयन दर्ता गराएकी हुन्।

    यससँगै झापा–२ मा निवर्तमान सभामुख र उपसभामुखबीच प्रत्यक्ष चुनावी प्रतिस्पर्धा हुने निश्चित भएको छ।