काठमाडौँ, माघ ९ - राष्ट्रिय स्वतन्त्र पार्टीकी तर्फबाट धादिङ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी आशिका तामाङले उम्मेदवारी फिर्ता गर्ने कुनै योजना नभएको बताएकी छन्।
उनले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै आफू चुनाव जित्ने उद्देश्यसहित उम्मेदवार बनेको र निराधार हल्लाको पछि नलाग्न आग्रह गरेकी हुन्।
शुक्रबार फेसबुकमार्फत तामाङले उम्मेदवारी फिर्ता नलिई जनताको प्रतिनिधिका रूपमा संसद् प्रवेश गर्ने विश्वास व्यक्त गरेकी छन्।
यद्यपि, धादिङका निर्वाचन अधिकृत एकराज अधिकारीले तामाङले फोन र इमेलमार्फत उम्मेदवारी फिर्ताबारे बुझ्न सम्पर्क गरेको दाबी गरेका छन्।
प्रतिक्रिया दिनुहोस