१५ चैत २०८२ आईतबार | 29 Mar 2026 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

ओलीको सार्वजनिक बहस प्रस्ताव अस्वीकार गर्दै बालेनको कडा प्रतिक्रिया



  • अञ्जना ढकाल
  • २ महिना अघि
  • पाठक संख्या १४३
  • काठमाडौं, माघ ११ - निर्वाचनको माहोल तातेसँगै प्रमुख राजनीतिक दलका नेताबीच सार्वजनिक बहसको विषयले राजनीतिक वृत्तमा चर्चा पाएको छ।

    नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीका उम्मेदवारहरूबीच सार्वजनिक बहस गर्न तयार रहेको घोषणा गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उक्त प्रस्ताव अस्वीकार गरेका छन्।

    आइतबार बिहान सामाजिक सञ्जालमार्फत ओलीले देश बनाउने र देश जलाउने शक्तिबीच प्रतिस्पर्धा भइरहेको उल्लेख गर्दै आफू पारदर्शी सार्वजनिक बहसका लागि तयार रहेको बताएका थिए। उनले नेतृत्वमा दाबी गर्ने दलहरूले विगतमा गरेका काम, वर्तमान एजेन्डा र भविष्यको कार्ययोजनाबारे आमने–सामने बहस हुनु सकारात्मक हुने धारणा राखेका छन्।

    ओलीले सामाजिक सञ्जालमा लेखेका छन् कि प्रचारात्मक सामग्रीमार्फत मतदातालाई भ्रममा पार्ने प्रवृत्ति बढेकाले सार्वजनिक बहस आवश्यक भएको हो। प्रधानमन्त्रीको उम्मेदवार अघि सारेका सबै दललाई एउटै मञ्चमा ल्याएर प्रत्यक्ष प्रश्न–उत्तरको वातावरण बनाइनुपर्ने उनको आग्रह छ।

    तर ओलीको यस प्रस्तावप्रति बालेन शाहले तीव्र आपत्ति जनाएका छन्। ओलीको स्टाटसमा टिप्पणी गर्दै बालेनले आफू ओलीसँग एउटै मञ्चमा उभिन नसक्ने स्पष्ट पारेका हुन्। उनले यस्तो बहसमा सहभागी हुनु गलत सन्देश जाने भन्दै अस्वीकार गरेका छन्।

    बालेनले लेखेका छन्, “७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ।” साथै उनले ओलीमाथि गम्भीर आरोप लगाउँदै पहिले ती विषयको जवाफ दिनुपर्ने बताएका छन्।

    ओलीको बहस प्रस्ताव र त्यसप्रति बालेनको कडा प्रतिक्रिया सार्वजनिक भएपछि राजनीतिक बहस झनै चर्किएको छ।