१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

निदाएको आरोपपछि अर्थमन्त्रीको आक्रोश: ‘म निदाएको होइन, म्यासेज पढ्दै थिएँ’



  • अञ्जना ढकाल
  • ४ महिना अघि
  • पाठक संख्या ७१
  • काठमाडौं, वैशाख २९ - अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद् बैठकमा आफू निदाएको भनेर फैलाइएको चर्चालाई असत्य बताएका छन् । उनले सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोबारे स्पष्टीकरण दिँदै आफू अत्यावश्यक सन्देश हेर्दै रहेको बताएका हुन् ।

    मंगलबार अर्थ समितिको बैठकमा बोल्दै वाग्लेले राष्ट्रपतिको सम्बोधन भइरहेका बेला फोन माथि उठाएर हेर्न उचित नठानेकाले टेबुलमुनि राखेर म्यासेज पढेको बताए । सोही दृश्यलाई लिएर आफू निदाएको भनेर प्रचार गरिएको उनको भनाइ थियो ।

    ‘जे देखिन्छ, त्यो सधैं वास्तविकता नहुन सक्छ,’ उनले भने, ‘म अर्जेन्ट म्यासेज हेर्दै थिएँ, तर त्यसलाई फरक ढंगले व्याख्या गरियो ।’

    अर्थमन्त्री वाग्लेले सामाजिक सञ्जालमा आएका सामग्रीलाई आधार मानेर हतारमा निष्कर्ष निकाल्न नहुने पनि बताए । उनले तथ्य बुझेर मात्रै प्रतिक्रिया दिन आग्रह गरेका छन् ।