३० जेठ २०८३ शनिबार | 13 Jun 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

समानुपातिक मतपत्र छपाइ सम्पन्न, प्रत्यक्षतर्फ प्रक्रिया जारी



  • अञ्जना ढकाल
  • ५ महिना अघि
  • पाठक संख्या १२१
  • काठमाडौं, माघ १३ - आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छपाइको काम तीव्र गतिमा अघि बढाइरहेको छ । आयोगका अनुसार समानुपातिक प्रणालीतर्फका सबै मतपत्र छपाइ सम्पन्न भइसकेका छन् भने प्रत्यक्षतर्फको छपाइ प्रक्रिया सुरु भइसकेको छ ।

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा समानुपातिकतर्फ कुल २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ सकिएको जानकारी दिए । उनका अनुसार प्रत्यक्षतर्फका मतपत्र आगामी १५ दिनभित्र छपाइ सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

    मतपत्र छपाइ नेपाली सेनाको कडा सुरक्षा व्यवस्थाबीच भइरहेको आयोगले जनाएको छ । आयोगले फागुन ५ गतेभित्र सबै मतपत्र सम्बन्धित निर्वाचन क्षेत्रमा पुर्‍याइसक्ने तयारी गरेको छ । कानुनअनुसार मतदान अधिकृतहरूले मतदानको दिनमात्र सिल गरिएको मतपत्र खोल्न पाउने व्यवस्था गरिएको छ ।

    आयोगका अनुसार प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन दर्ता गराएका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक भइसकेको छ भने समानुपातिकतर्फ बन्दसूचीमा समावेश उम्मेदवारहरूको अन्तिम नामावली माघ २० गते प्रकाशन गरिने कार्यक्रम छ ।

    निर्वाचन आयुक्त भण्डारीले सबै राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन आचारसंहिताको पूर्ण रूपमा पालना गर्ने विश्वास आयोगले लिएको पनि बताए ।