१५ चैत २०८२ आईतबार | 29 Mar 2026 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रवि लामिछाने आज अस्पतालबाट डिस्चार्ज हुँदै



  • अञ्जना ढकाल
  • २ महिना अघि
  • पाठक संख्या १३२
  • काठमाडौँ, माघ १५ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज अस्पतालबाट डिस्चार्ज गर्ने तयारी गरिएको छ। महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत उनको स्वास्थ्य अवस्था सामान्य भइसकेको अस्पतालले जनाएको छ।

    अस्पतालका प्रवक्ता डा. गोपालप्रसाद सेढाईंका अनुसार खुट्टामा लागेको चोटका कारण देखिएको ‘सेलुलाइटिस’ संक्रमण नियन्त्रणमा आएको छ। चिकित्सकहरूको निगरानीमा नसाबाट औषधि दिएपछि स्वास्थ्यमा उल्लेखनीय सुधार भएको हो।

    लामिछाने माघ ५ गते जनकपुरमा आयोजित पार्टीको चुनावी सभामा सहभागी हुने क्रममा देब्रे खुट्टामा चोट लागेपछि बिरामी परेका थिए। सुरुमा सामान्य उपचार गर्दा पनि निको नभएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

    स्वास्थ्य समस्याका कारण उनी केही समय सार्वजनिक कार्यक्रममा सहभागी भएका थिएनन्। चिकित्सकहरूले पूर्ण रूपमा स्वस्थ भएपछि मात्रै नियमित राजनीतिक गतिविधिमा फर्किन सल्लाह दिएका छन्।