१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

अर्बौं खर्च भइसकेपछि चुनाव रोक्न खोज्नु गैरजिम्मेवार : केपी शर्मा ओली



  • अञ्जना ढकाल
  • ६ महिना अघि
  • पाठक संख्या १२१
  • काठमाडौं, फागुन १० - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन स्थगित गराउने प्रयासहरू अझै जारी रहेको दाबी गर्दै अब तोकिएकै समयमा चुनाव सम्पन्न हुनुपर्ने बताएका छन्। ठूलो आर्थिक व्यय भइसकेको अवस्थामा अन्तिम घडीमा निर्वाचन रोक्ने कुरा उचित नहुने उनले स्पष्ट पारे।

    एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले कुनै अन्योलमा नरही चुनावी अभियानलाई तीव्र बनाइसकेको बताए। “हामी चुनाव जित्ने तयारीमा छौं, अलमलिने पक्षमा छैनौं,” उनले भने।

    ओलीले पछिल्ला ६ महिनादेखि चुनावका विषयमा पहल गर्दा सरोकारवालाहरू मौन बसेको तर अहिले आएर निर्वाचन नहुने चर्चा चलाइनु गलत भएको टिप्पणी गरे। राज्यले अर्बौं रुपैयाँ खर्च गरिसकेको र उम्मेदवारहरूले पनि व्यापक तयारी गरिसकेको अवस्थामा प्रक्रिया स्थगित गर्न खोज्नु गैरजिम्मेवार हुने उनको धारणा छ।

    यसै क्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै आधार कमजोर हुँदा उत्तेजनात्मक गतिविधि बढाइएको आरोप लगाए। चुनावी माहोल बिगार्ने, झण्डा जलाउने र विवाद सिर्जना गर्ने काम स्वीकार्य नहुने उनले बताए।

    अध्यक्ष ओलीले लोकतान्त्रिक अभ्यासलाई प्रभावित पार्ने कुनै पनि प्रयास सफल नहुने भन्दै निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्न सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरेका छन्।