१५ चैत २०८२ आईतबार | 29 Mar 2026 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

अस्वस्थ बने रवि लामिछाने, स्वास्थ्य बुझ्न घरमै पुगे बालेन्द्र शाह



  • अञ्जना ढकाल
  • २ हप्ता अघि
  • पाठक संख्या ११७
  • काठमाडौं, फागुन २९ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अस्वस्थ भएपछि हाल घरमै आराम गरिरहेका छन् । चुनावी अभियानको निरन्तर व्यस्तताका कारण उनको स्वास्थ्यमा समस्या देखिएको बताइएको छ ।

    उनका प्रमुख स्वकीय सचिव अविनाश आचार्यका अनुसार लामिछानेलाई केही दिनदेखि ज्वरो आइरहेको छ । स्वास्थ्य परीक्षणका क्रममा पिसाबमा संक्रमण देखिएपछि चिकित्सकको सल्लाहअनुसार उनी औषधि सेवन गर्दै आराम गरिरहेका छन् ।

    ज्वरो अझै पूर्ण रूपमा नियन्त्रणमा नआएकाले चिकित्सकले उनलाई अझै एक–दुई दिन पूर्ण विश्राम लिन सुझाव दिएका छन् । हाल उनी घरमै बसेर स्वास्थ्य लाभ गरिरहेका छन् ।

    यसैबीच काठमाडौँ महानगरपालिकाका प्रमुख तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह हिजो लामिछानेको निवासमै पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । निर्वाचन परिणाम सार्वजनिक भएपछि उनीहरूबीच भएको यो पहिलो भेट हो ।

    स्रोतका अनुसार भेटका क्रममा दुवै नेताबीच आगामी राजनीतिक गतिविधिबारे सामान्य छलफल समेत भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पठाइने उम्मेदवार चयन गर्नुपर्ने तथा बालेन्द्र शाह नेतृत्वमा बन्ने सम्भावित मन्त्रिपरिषद्बारे पनि प्रारम्भिक कुराकानी भएको बताइएको छ ।