१५ चैत २०८२ आईतबार | 29 Mar 2026 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

माइतीघर प्रदर्शनका क्रममा रक्षा बममाथि दुर्व्यवहार, जेनजी फ्रन्टको कडा भर्त्सना



  • अञ्जना ढकाल
  • १ हप्ता अघि
  • पाठक संख्या ६०
  • काठमाडौं, चैत ६ - माइतीघर मण्डलामा जारी प्रदर्शनका क्रममा संयोजक रक्षा बममाथि भएको दुर्व्यवहारप्रति नेपाल जेनजी फ्रन्टले कडा आपत्ति जनाएको छ। शुक्रबार जारी विज्ञप्तिमार्फत फ्रन्टले उक्त घटनाको निन्दा गरेको हो।

    फ्रन्टले शान्तिपूर्ण आन्दोलन गर्ने नागरिकको संवैधानिक अधिकारमाथि आक्रमण अस्वीकार्य रहेको स्पष्ट पारेको छ। यस्तो व्यवहारले लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउने चेतावनी दिएको छ।

    आन्दोलनकै बीचमा भएका यस्ता आन्तरिक विवादले समग्र आन्दोलनलाई असर पार्ने भन्दै फ्रन्टले संयमता अपनाउन आग्रह गरेको छ। सहिद परिवार र घाइतेका आफन्तका पीडा र प्रश्नप्रति सम्मान व्यक्त गरिएको छ।

    फ्रन्टले ती प्रश्नहरूको समाधान आपसी द्वन्द्वबाट नभई राज्यसँग खोजिनुपर्ने उल्लेख गरेको छ। राज्यले अझैसम्म सत्य सार्वजनिक नगरेको भन्दै पारदर्शिताको माग दोहोर्‍याइएको छ।

    यस्ता घटनाले आफ्नो मनोबल कमजोर नपार्ने बताउँदै फ्रन्टले सही मुद्दाका लागि संघर्ष जारी रहने जनाएको छ। साथै, सबै आन्दोलनकारी एउटै उद्देश्यका सहयात्री भएको पनि स्पष्ट पारेको छ।