१५ चैत २०८२ आईतबार | 29 Mar 2026 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

देउवा–कोइराला समूहद्वारा छुट्टै केन्द्रीय समिति बैठक बोलाउने तयारी



  • अञ्जना ढकाल
  • ७ दिन अघि
  • पाठक संख्या ५०
  • काठमाडौं, चैत ८ - नेपाली कांग्रेसभित्र आन्तरिक मतभेद थप गहिरिँदै गएको संकेत देखिएको छ। पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला पक्षले छुट्टै केन्द्रीय कार्यसमिति बैठक बोलाउने निर्णय गरेका छन्।

    आइतबार धुम्बाराहीमा बसेको उक्त समूहको बैठकले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बोलाएर पछिल्लो निर्वाचनको समग्र समीक्षा गर्ने निष्कर्ष निकालेको हो। बैठकमा सहभागी नेताहरूले पार्टीको आगामी रणनीति र दिशा तय गर्न पनि छलफल आवश्यक रहेको बताएका छन्।

    नेता मीन विश्वकर्माका अनुसार बैठकले चाँडै नै केन्द्रीय कार्यसमितिको बैठक आयोजना गर्ने सहमति गरेको छ। यद्यपि बैठकको मिति भने आपसी समझदारीका आधारमा तय गरिने जनाइएको छ।

    यस निर्णयले कांग्रेसभित्रको आन्तरिक विवाद अझ चर्किने अनुमान गरिएको छ। विशेष गरी नेतृत्व र संगठनात्मक संरचनालाई लिएर दुई पक्षबीच लामो समयदेखि असन्तुष्टि रहँदै आएको छ।

    यसअघि पुस अन्त्यमा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ समिति गठन गरिएको थियो। तर देउवा र कोइराला समूहले उक्त निर्णय अस्वीकार गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्, जसको सुनुवाइ अझै जारी छ।