१५ चैत २०८२ आईतबार | 29 Mar 2026 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

महिलामाथि हिंसा : पीडित पक्षको नाराबाजी, महिला आयोग मौन



  • अञ्जना ढकाल
  • ६ दिन अघि
  • पाठक संख्या ५८
  • काठमाडौँ, चैत ९ - हिंसापीडित महिलाका लागि न्यायको माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोगमा विरोध प्रदर्शन गरेका छन्। उनीहरूले ‘महिला अधिकार सुनिश्चित गर’, ‘महिला हिंसा अन्त्य गर’, ‘महिला आयोग किन चुप ?’ जस्ता नारासहित आवाज उठाएका छन्।

    सुर्खेतकी इनिशा विकको बलात्कारपछि हत्या तथा खोटाङकी रेश्मिका परियारको बलात्कारपछि हत्या घटनामा संलग्न दोषीमाथि तत्काल कारबाही गर्न पीडित परिवारले माग गरेका छन्।

    माइतीघर मण्डलामा न्यायका लागि धर्ना बस्दा समेत सुनुवाइ नपाएको भन्दै पीडित पक्षले आयोगको ध्यानाकर्षण गराएका हुन्। खोटाङ सेवा समाजले पनि पीडितको मागमा ऐक्यबद्धता जनाएको छ।

    सचिव नवराज रोकाले भने, “पीडितले सकेसम्म चाँडो न्याय पाउनुपर्छ र दोषीले कडाभन्दा कडा सजाय पाउनुपर्छ।” अहिलेसम्म महिला आयोगले औपचारिक प्रतिक्रिया नदिएकोले विरोध प्रदर्शन अझ तीव्र बनेको छ।