१५ चैत २०८२ आईतबार | 29 Mar 2026 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

भ्रष्टाचार रोक्न नसके रास्वपा समाप्त हुन्छ : महावीर पुन



  • अञ्जना ढकाल
  • ५ दिन अघि
  • पाठक संख्या ५२
  • काठमाडौं, चैत १० - पूर्वमन्त्री महावीर पुनले आगामी सरकारले सुरुदेखि नै भ्रष्टाचारविरुद्ध कडा कदम चाल्नुपर्ने आवश्यकता औंल्याएका छन्।

    सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले भ्रष्टाचारीलाई कानुनी दायरामा ल्याई पुनः उठ्न नसक्ने अवस्थामा पुर्‍याउनुपर्ने बताएका हुन्।

    पुनका अनुसार भ्रष्टाचार नियन्त्रणका लागि विद्यमान नियम पर्याप्त नभए तत्काल नयाँ कानुन निर्माण गर्नुपर्ने हुन्छ। उनले कानुनी अड्चनलाई बहाना बनाउँदै भ्रष्टाचारलाई संरक्षण गर्न नहुने उल्लेख गरेका छन्।

    उनले सरकार भ्रष्टाचार रोक्न असफल भए जनतामाथि ठूलो धोका हुने चेतावनी दिएका छन्। साथै यस्तो अवस्था आएमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समेत दीर्घकालमा कमजोर हुँदै हराउने सम्भावना रहेको उनको भनाइ छ।

    पुनले तीन महिनाभित्र जनताले सुशासनको अनुभूति गर्न सक्ने वातावरण सिर्जना गर्न सरकारलाई आग्रह गरेका छन्। भ्रष्टाचार र कुशासन अन्त्यका लागि आफूले सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन्।