१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

भदौ अन्तिम साता कांग्रेसको १५औं महाधिवेशन गर्ने तयारी



  • अञ्जना ढकाल
  • ५ महिना अघि
  • पाठक संख्या १२०
  • काठमाडौं, चैत १० - नेपाली कांग्रेसले आगामी भदौ महिनाको अन्तिम साता १५औं महाधिवेशन आयोजना गर्ने तयारी अघि बढाएको छ।

    पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको केन्द्रीय समिति बैठकमा भदौ २४, २५ र २६ गते काठमाडौंमा महाधिवेशन गर्ने प्रस्ताव पेश गर्ने कार्यतालिका तय गरिएको छ।

    महाधिवेशनको तयारी स्वरूप कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकलाई प्राथमिकता दिएको छ। यसका लागि २१ चैतदेखि चैत मसान्तसम्म विशेष अभियान सञ्चालन गर्ने योजना बनाइएको छ। साथै, १ वैशाखदेखि वैशाख मसान्तसम्म देशभरका ६ हजार ७४३ वडाबाट सदस्यता वितरण तथा अद्यावधिक गरिने जनाइएको छ।

    पार्टीले जेठ मसान्तसम्म सबै सदस्यताको विवरण केन्द्रीय कार्यालयमा पठाइसक्ने लक्ष्य राखेको छ भने १५ असारसम्म केन्द्रले आवश्यक छानबिन गरी अन्तिम टुंगो लगाउने तयारी गरेको छ।

    यसअघि गत पुस २७ देखि ३० गतेसम्म काठमाडौंमा सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको थियो।

    उक्त महाधिवेशनको वैधानिकतामाथि विवाद उत्पन्न भएपछि निर्वाचन आयोगले दुवै पक्षका कागजात अध्ययन गरी थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएको थियो।