१५ चैत २०८२ आईतबार | 29 Mar 2026 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

चैत १३ गते मुलुकले पाउनेछ नयाँ नेतृत्व, बालेन्द्र शाहको नेतृत्वमा नयाँ अध्याय सुरु



  • अञ्जना ढकाल
  • ३ दिन अघि
  • पाठक संख्या ४४
  • काठमाडौं, चैत ११ - मुलुकले चैत १३ गते नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) शुक्रबार प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने तय भएको छ।

    शपथ ग्रहण समारोह मध्याह्न १२:३४ बजे सुरु हुने जानकारी प्राप्त भएको छ। यस समारोहमा सात वटा शंख फुर्ने, १०८ जना बटुकद्वारा स्वस्ति तथा शान्ति वाचन, र १६ जना बौद्ध भिक्षुद्वारा अष्टमंगल पाठ गर्ने कार्यक्रम समावेश छ।

    बालेनले शपथ ग्रहणपछि दिउँसो सवा २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली गर्ने कार्यक्रम रहेको छ।

    शपथ ग्रहणसँगै नयाँ नेतृत्वले मुलुकको प्रशासनिक र नीति सम्बन्धी जिम्मेवारी सम्हाल्ने तयारी गरिरहेको छ।