काठमाडौं, चैत १६ - ज्ञानेन्द्र शाही ले प्रधानमन्त्री बालेन्द्र शाह समक्ष कर्णाली प्रदेशको विकाससँग सम्बन्धित ९ बुँदे माग पेश गरेका छन्।
प्रधानमन्त्रीसँग जारी प्रदेशगत परामर्श कार्यक्रमअन्तर्गत भएको भेटमा शाहीले कर्णालीको समग्र विकासका लागि आवश्यक पूर्वाधार विस्तार, शिक्षा तथा स्वास्थ्य सेवाको सुधार, रोजगारी सिर्जना र स्थानीय स्रोत–साधनको प्रभावकारी उपयोगजस्ता विषयलाई प्राथमिकताका साथ उठाएका थिए।
उनले कर्णाली प्रदेशमा दीगो विकास सुनिश्चित गर्न केन्द्र सरकारको विशेष ध्यान आवश्यक रहेको उल्लेख गर्दै विभिन्न नीतिगत र संरचनागत सुधारका प्रस्तावसमेत अघि सारे।
जवाफमा प्रधानमन्त्री शाहले कर्णाली प्रदेशको समावेशी र दिगो विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्। उनले आवश्यक सहयोग तथा समन्वय गर्न सरकार तयार रहेको स्पष्ट पारे।
उक्त भेटघाटमा कर्णाली प्रदेशबाट निर्वाचित सांसदहरूको समेत सहभागिता रहेको थियो।
प्रतिक्रिया दिनुहोस