१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सर्वोच्चले आदेश दियो: ओली पक्राउको कारण खुलाउन सरकारलाई निर्देशन



  • अञ्जना ढकाल
  • ५ महिना अघि
  • पाठक संख्या १४५
  • काठमाडौं, चैत १६ - सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्नुको कारण सरकारको तर्फबाट प्रस्तुत गर्न आदेश जारी गरेको छ।

    ओलीकी पत्नी राधिका शाक्यले आफ्ना पति गैरकानूनी रूपमा थुनामा राखिएको दावी गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन्।

    भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको समयमा तत्कालीन प्रधानमन्त्रीको हैसियतमा ओलीले गरेको कार्यवाहीलाइ लिएर प्रश्न उठेका थिए। घटनाको छानबिनका लागि गठित आयोगले ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई अनुसन्धान गर्न सिफारिस गरेको थियो।

    सिफारिसपछि शनिबार बिहान ओली र लेखक दुवै पक्राउ परेका थिए। न्यायाधीश मेघराज पोखरेलको इजलासले सरकारलाई कारण देखाऊ आदेश जारी गर्दै, पक्राउको औचित्य स्पष्ट गर्न निर्देशन दिएको छ।