३० जेठ २०८३ शनिबार | 13 Jun 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

विवाद र आलोचनाबीच गृह मन्त्रालयबाट बाहिरिए सुधन गुरुङ



  • अञ्जना ढकाल
  • २ महिना अघि
  • पाठक संख्या १००
  • काठमाडौँ, वैशाख ९ - विवाद र आलोचनाबीच गृहमन्त्री सुधन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री कार्यालयमा राजीनामा बुझाएपछि उनी औपचारिक रूपमा सरकारबाट बाहिरिएका छन्।

    गत चैत १३ गते गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका गुरुङ करिब २६ दिनमै पदमुक्त भएका हुन्। कार्यकाल छोटो भए पनि उनले गरेका केही निर्णय र अभिव्यक्तिहरू लगातार विवादमा परेका थिए।

    ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने निर्देशनपछि सुरु भएको राजनीतिक बहस, उच्च प्रोफाइल गिरफ्तारी, तथा सामाजिक सञ्जालमा उनको सक्रियता आलोचनाको केन्द्रमा परेको थियो। पछि तीमध्ये केही पक्राउ परेकाहरू अदालतको आदेशमा रिहा भएपछि उनको कार्यशैलीमाथि थप प्रश्न उठेको थियो।

    यसैबीच सम्पत्ति विवरण, जग्गा स्वामित्व, तथा व्यवसायिक लगानीसँग सम्बन्धित विषयहरू बाहिर आएपछि उनको छविमा थप दबाब परेको देखिएको छ। आलोचना चुलिएपछि उनी अन्ततः राजीनामा दिन बाध्य भएका हुन्।

    राजीनामा स्वीकृत भएसँगै गुरुङ अब पूर्वगृहमन्त्री र प्रतिनिधिसभा सदस्यका रूपमा रहने भएका छन्।