१४ बैशाख २०८३ सोमबार | 27 Apr 2026 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

धनगढीका मेयर हमाल ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौं’ अभियानसहित अपि बेस क्याम्पतर्फ प्रस्थान



  • अञ्जना ढकाल
  • ५ घण्टा अघि
  • पाठक संख्या ३५
  • धनगढी, वैशाख १४ - सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले धनगढी उपमहानगरपालिकाले विशेष अभियान सुरु गरेको छ । ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौं’ भन्ने नारासहित मेयर गोपाल हमालको नेतृत्वमा टोली अपि बेस क्याम्प यात्रामा निस्किएको हो ।

    सोमबार बिहान धनगढीबाट करिब ३० सदस्यीय टोली यात्रामा प्रस्थान गरेको छ । टोलीले १० दिनभित्र अपि हिमालको बेस क्याम्पसम्म पुग्ने लक्ष्य लिएको बताइएको छ ।

    मेयर हमालले स्थानीय तहबाटै पर्यटन क्षेत्रको प्रवर्द्धन गर्न यस्तो अभियान सुरु गरिएको जनाएका छन् । उनले सुदूरपश्चिमका प्राकृतिक तथा पर्यटकीय सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्य रहेको उल्लेख गरे ।

    यात्रामा जनप्रतिनिधि, कर्मचारी, व्यवसायी र सर्वसाधारणको समेत सहभागिता रहेको छ । टोलीलाई धनगढीबाट बाजागाजा र फूलमालासहित औपचारिक रुपमा बिदाइ गरिएको थियो ।

    यस अभियानले सुदूरपश्चिमका धार्मिक तथा पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।