१४ बैशाख २०८३ सोमबार | 27 Apr 2026 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

विद्यार्थी सङ्गठन खारेजीको विरोधमा पाटन क्याम्पसमा प्रदर्शन



  • अञ्जना ढकाल
  • २ घण्टा अघि
  • पाठक संख्या २२
  • काठमाडौं, वैशाख १५ - विद्यार्थी सङ्गठन खारेजीको निर्णयको विरोधमा संयुक्त विद्यार्थी सङ्गठनले पाटन संयुक्त क्याम्पसमा प्रदर्शन गरेका छन् ।

    सोमबार आयोजित प्रदर्शनका क्रममा विद्यार्थीहरूले शङ्खघोष गर्दै शान्ति स्वस्तिवाचनमार्फत आफ्नो असहमति व्यक्त गरेका थिए । उनीहरूले सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै खारेजीको कदम तत्काल फिर्ता लिन माग गरेका छन् ।

    प्रदर्शनमा सहभागी विद्यार्थी नेताहरूले वर्तमान सरकारको निर्णयले विद्यार्थी अधिकारमाथि प्रहार गरेको बताएका छन् । उनीहरूले यो निर्णय सच्याउन दबाब सिर्जना गर्न थप आन्दोलनका कार्यक्रम ल्याइने चेतावनी दिएका छन् ।

    विद्यार्थीहरूले सीमाक्षेत्रमा १०० रुपैयाँ बराबरका सामग्रीमा समेत भन्सार लगाइएको भन्दै त्यसप्रति पनि आपत्ति जनाएका छन् । यस्तो नीतिले सर्वसाधारणलाई थप भार परेको उनीहरूको भनाइ छ ।

    सरकारले मागहरू सम्बोधन नगरे आन्दोलनलाई अझ सशक्त बनाउने उनीहरूले चेतावनी दिएका छन् ।