३१ जेठ २०८३ आईतबार | 14 Jun 2026 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

लामिछाने प्रकरणमा फेरि अवरोध, सर्वोच्चले अर्को मिति तोक्ने



  • अञ्जना ढकाल
  • २ महिना अघि
  • पाठक संख्या ९६
  • काठमाडौँ, वैशाख १७ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सम्बन्धित रिटमाथि सर्वोच्च अदालतमा तोकिएको सुनुवाइ स्थगित गरिएको छ। आरोपपत्र संशोधनसम्बन्धी निर्णयविरुद्ध दायर उक्त रिटमा आज सुनुवाइ हुनुपर्ने थियो।

    लामिछानेका कानुन व्यवसायीले समय माग गर्दै निवेदन पेश गरेपछि इजलासले सुनुवाइ अघि नबढाउने निर्णय गरेको हो। सोही कारण आजका लागि तोकिएको पेसी स्थगित भएको अदालत स्रोतले जनाएको छ।

    उक्त रिट सर्वोच्च अदालतका न्यायाधीश अव्दुल अजीज मुसलमान, श्रीकान्त पौडेल र शान्तिसिंह थापाको पूर्ण इजलासमा पेश हुने तय गरिएको थियो। तर निवेदनपछि इजलासले अर्को मितिमा सार्ने निर्णय गरेको हो।

    लामिछानेसँग सम्बन्धित विभिन्न मुद्दा हाल विभिन्न अदालतमा विचाराधीन अवस्थामा छन्। यस रिटमाथि अब अर्को मितिमा सुनुवाइ हुनेछ।