२५ बैशाख २०८३ शुक्रबार | 08 May 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्र बन्द हुँदै, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह



  • अञ्जना ढकाल
  • हिंजो प्रकाशित
  • पाठक संख्या ५३
  • गुल्मी, वैशाख २४ - कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रमा सरसफाइ तथा मर्मतसम्भारको काम गरिने भएकाले २५ वैशाख साँझदेखि विद्युत् उत्पादन पूर्ण रूपमा बन्द गरिने भएको छ ।

    केन्द्रका अनुसार साँझ ५ बजेदेखि पावरहाउसका तीनवटै मेसिन बन्द गरेर मर्मत तथा सरसफाइको काम अघि बढाइनेछ । यस अवधिमा सुरुङमार्फत पावरहाउसमा पठाइने पानीलाई डाइभर्ट गरी ड्यामका सबै ढोका खोलिने जनाइएको छ ।

    ड्यामका गेट खोलिँदा कालीगण्डकी नदीमा पानीको बहाव सामान्य अवस्थाभन्दा बढ्न सक्ने र नदीको सतह केही समयका लागि उच्च हुन सक्ने केन्द्रले जनाएको छ ।

    संभावित जोखिमलाई ध्यानमा राख्दै नदी किनार र आसपासमा बसोबास गर्ने स्थानीयवासी, निर्माण व्यवसायी तथा सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको छ । नदी आसपास राखिएका निर्माण सामग्री, उपकरण तथा अन्य सामान सुरक्षित स्थानमा सार्न पनि अनुरोध गरिएको छ ।

    यस्तै, मर्मत कार्य चलिरहँदा अनावश्यक रूपमा नदी किनार क्षेत्रमा नजान केन्द्रले आग्रह गरेको छ । अस्थायी रूपमा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै आवश्यक सावधानी अपनाउन सबै सरोकारवालासँग अनुरोध गरिएको छ ।