७ जेठ २०८३ बिहिबार | 21 May 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सभामुखद्वारा श्रम संस्कृति पार्टीका सांसदलाई व्यवहार सच्याउन चेतावनी



  • अञ्जना ढकाल
  • १७ घण्टा अघि
  • पाठक संख्या ४०
  • काठमाडौँ, जेठ ६ - प्रतिनिधिसभा बैठकमा विरोध प्रदर्शनका क्रममा प्लेकार्ड प्रदर्शन गरेको विषयलाई लिएर सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीका सांसदहरूलाई सचेत गराएका छन् । संसद्को गरिमा र मर्यादा कायम राख्न आग्रह गर्दै उनले प्रतिनिधिसभा नियमावलीअनुसार आफ्नो गतिविधि सुधार गर्न निर्देशन दिएका हुन् ।

    बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले सदनभित्र प्लेकार्ड प्रदर्शन गर्दै विरोध जनाएपछि सभामुखले त्यसप्रति ध्यानाकर्षण भएको बताए । उनले संसद् सञ्चालनको प्रक्रिया र नियमको पालना गर्न सांसदहरूलाई आग्रह गरेका थिए ।

    सभामुख अर्यालले संसद् जनताको विश्वास र लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण थलो भएकाले मर्यादा विपरीतका गतिविधि उपयुक्त नहुने उल्लेख गरे । उनले नियमावलीले तोकेको सीमाभित्र रहेर आफ्ना धारणा र असन्तुष्टि प्रस्तुत गर्न सांसदहरूलाई आग्रह गरेका छन् ।

    यस क्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले पनि नियमावलीको पालनासम्बन्धी विषय उठाउँदै सदन सञ्चालनका क्रममा सबै पक्षले समान रूपमा नियमको पालना गर्नुपर्ने धारणा राखेका थिए ।