२६ असार २०८३ शुक्रबार | 10 Jul 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

गणतन्त्र दिवस: प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन नगर्ने, राष्ट्रपतिलाई पत्रमार्फत अनुरोध



  • अञ्जना ढकाल
  • २ महिना अघि
  • पाठक संख्या ७४
  • काठमाडौं, जेठ ११ - आगामी जेठ १५ गते हुने गणतन्त्र दिवसको मुख्य समारोहमा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन नगर्ने भएका छन्। प्रधानमन्त्री कार्यालयले राष्ट्रपतिलाई समारोहमा सम्बोधन गर्न अनुरोध गर्दै पत्राचार गरेको छ।

    सूत्रका अनुसार, मन्त्रिपरिषद्ले राष्ट्रपतिलाई पत्र पठाउने निर्णय गरेको थियो। यस निर्णयको कार्यान्वयन गर्दै मुख्य सचिव सुमनराज अर्यालले राष्ट्रपति कार्यालय शीतलनिवासमा पत्र पुर्‍याएका छन्।

    प्रधानमन्त्री कार्यालयले अनौपचारिकरूपमा पनि राष्ट्रपतिलाई सम्बोधन गर्न अनुरोध गर्दै आएको बताइएको छ। कार्यालयको तर्क अनुसार, गणतन्त्रको प्रतीक राष्ट्रपति भएको हुँदा समारोहमा सम्बोधन गर्ने मुख्य जिम्मेवारी उनीसँग हुनु वाञ्छनीय छ।

    राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले पत्र प्राप्त भएको पुष्टि गरेका छन्।

    सन्दर्भका लागि, काठमाडौं महानगरपालिकाका मेयर रहँदा पनि बालेन्द्र शाहले विगतमा गणतन्त्र दिवसको विशेष समारोह बहिष्कार गर्ने गरेका थिए।