२४ असार २०८३ बुधबार | 08 Jul 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

‘तपाईं कान सुन्नुहुन्छ कि सुन्नुहुन्न?’ भन्दै राईले प्रश्न गरेपछि सभामुखको आपत्ति



  • अञ्जना ढकाल
  • ३ घण्टा अघि
  • पाठक संख्या २६
  • काठमाडौं, असार २४ - प्रतिनिधि सभा बैठकमा विपक्षी दलको अवरोध जारी रहेकै बेला सभामुख डोलप्रसाद अर्याल र नेकपा एमाले सांसद राजेन्द्रकुमार राईबीच भनाभन भएको छ ।

    बैठकमा बोल्ने क्रममा सांसद राईले सभामुखलाई सम्बोधन गर्दै ‘तपाईं कान सुन्नुहुन्छ कि सुन्नुहुन्न?’ भन्दै प्रश्न गरेपछि विवाद उत्पन्न भएको हो । त्यसपछि सभामुख अर्यालले मर्यादित भाषा प्रयोग गर्न सांसद राईलाई आग्रह गरे ।

    सभामुख अर्यालले संसद्को मर्यादा कायम राख्न निर्देशन दिँदै सभामुखप्रति अवहेलना हुने गरी अभिव्यक्ति नदिन चेतावनी दिए । उनले सांसद राईलाई थप बोल्न नदिने भन्दै आफ्नो आसनमा बस्न आग्रह गरे ।

    त्यसपछि सभामुखले अन्य सांसदलाई बोल्न समय दिए पनि विपक्षी दलका सांसदहरूले उठेर विरोध जारी राखे । सभामुख अर्यालले बैठकमा सभामुखको सम्मानमा असर पर्ने भाषा प्रयोग भएको भन्दै आपत्ति जनाए ।

    सभामुख र एमाले सांसदबीच भएको विवादपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।

    प्रधानमन्त्री बालेन्द्र शाहले दिएको सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले प्रतिनिधि सभा बैठकमा निरन्तर विरोध गर्दै आएका छन् । सोही विषयलाई लिएर संसद् बैठकमा पछिल्ला दिनहरूमा अवरोध हुँदै आएको छ ।