२८ साउन २०८३ बिहिबार | 13 Aug 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

कोशी प्रदेशसभामा पूर्वमुख्यमन्त्री राईको प्रतिवाद भिडिओ भाइरल



  • अञ्जना ढकाल
  • ३ महिना अघि
  • पाठक संख्या १०३
  • विराटनगर, जेठ १४ - कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राईले प्रदेशसभामा देखाएको रोष प्रदर्शनी स्वाभाविक भएको बताएका छन् ।

    हिजो सभामुखले नीति तथा कार्यक्रममाथि बोल्न समय नदिँदा राईले सीटबाट उठेर दौडँदै रोष्ट्रममा पुगेर माइक समातेका थिए । यसक्रममा सभामुख समेत असहज बनेको दृश्य भिडिओमा देखिएको छ ।

    राईले सामाजिक सञ्जालमा लेखेका छन्, “नियम र नियमावलीको आधारमा होइन, शक्ति प्रयोग गरेर सभा चलाउन खोजेपछि प्रतिवाद गर्न बाध्य भएँ। जसलाई जे लागे पनि लागोस्, यस्ता अभ्यास दोहोरिन सक्छ।”

    पूर्वमुख्यमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेताले बोल्ने समयसीमा तोकिएकोमा राईले असन्तुष्टि व्यक्त गरे । उनले भने, “गत बजेट अधिवेशनमा सबै दलका नेतासँग लिखित सहमति गरेर समयसीमा नतोकिएको थियो, तर यसपटक हामीलाई मात्र होइन, प्रमुख प्रतिपक्षी दलका नेता इन्द्र आङ्वोलाई समेत बोल्न नदिने प्रयास भयो।”

    प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम संशोधन प्रस्ताव पेश गर्न नदिई ध्वनि मतले पारित भएपछि प्रतिपक्षी दलले लगातार अवरोध गर्दै आएको छ।